जलस्रोत नियमावली, २०५० को अनुसूची-१ बमोजिमको ढाँचामा निबेदन पत्र पेश गर्नु पर्नेछ ।
क. आम भेला -साधारण सभा) को निर्णयको फोटोकपि वा प्रतिलिपि
ख. बिधान -कम्तिमा २ प्रति)
ग. कार्य सञ्चालन समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाण-पत्रको फोटोकपी १/१ प्रति
घ. सम्बन्धित गा.वि.स.को -खानेपानी र सिंचाई संस्था दर्ता गर्ने भए मुहान र खोला/नदी समेत उल्लेख भएको) सिफारीस पत्र
ङ. खानेपानी उपभोक्ता संस्था दर्ताको लागि खानेपानी तथा ढल निकास बिभाग, क्षेत्रीय अनुगमन तथा सुपरीबेक्षण कार्यालयको -मुहान र खोला/नदी उल्लेख भएको तथा निर्माण मर्मत सम्भार काम गर्ने निकाय समेत उल्लेख भएको) सिफारिश पत्र ।
च. सम्बन्धित कार्यालयमा संस्था दर्ता दस्तुर रु.१००/- बुझाएको नगदी रसिद १ प्रति ।
जलस्रोत नियमावली, २०५० को नियम-५ अनुसार उपभोक्ता संस्थाको बिधानमा -प्रस्तावानामा मूलको नाम खोला/नदीको नाम उल्लेख गरी) निम्न विषयहरु समाबेश भएको हुनु पर्ने छ ः-
· पूरा नाम र ठेगाना
· उद्देश्य तथा कार्य क्षेत्र
· सदस्यको लागि योग्यता र सदस्य शुल्क
· सदस्यको निष्काशन र राजीनामा
· हक दावी, नामसारी वा हकवालाको मनोनयन
· साधारण सभा सम्बन्धी
· सञ्चालक समितिको गठन -निर्बाचन एवम् काम कर्तब्य तथा अधिकार सम्बन्धी)
· सञ्चालक पदमा बहाल रहन नसक्ने अवस्था
· सञ्चालक समितिको बैठकम्बन्धी कार्यबिधि
· कोष र लेखापरीक्षण
· बिधान संशोधन
· बिघटन
· बिबिध ।