गैरसरकारी संस्था दर्ता नवीकारण सिफारिस समिति
संयोजक- योजना, अनुगमन तथा प्रशासकीय अधिकृत जि.वि.स.को कार्यालय, धनकुटा
सदस्य – अध्यक्ष गैरसरकारी संस्था महासंघ जिल्ला शाखा, धनकुटा
सदस्य सचिव – कार्यक्रम अधिकृत, सामाजिक विकास, जि.वि.स.को कार्यालय, धनकुटा
गैरसरकारी संस्था दर्ताका लागि एक पटक सिफारिस गरेपछि पुग्दछ भने नवीकरणका लागि प्रत्येक आर्थिक वर्ष समाप्तिपछि सिफारिस गर्नुपर्ने हुन्छ । संस्थाले नवीकरण आ.व. पिच्छे नै गर्नु पर्दछ । गैरसरकारी संस्थाले ५ वर्ष ३ वर्ष र १ वर्षका लागि नवीकरण गर्न निवेदन गर्न सक्ने र सोही अनुरूप स्थानीय अधिकारीबाट नवीकरण गरी दिने प्रावधान रहेको छ । गैरसरकारी संस्था दर्ता/नवीकरण सिफारिस समितिमा सिफारिस लिन निम्न कागजातहरू पेस गर्नुपर्दछ ।
गैरसरकारी संस्था दर्ताका लागि
१ समिति गठन गर्दाको आम भेलाको निर्णय।
२ समितिले विधान तयार गरी स्वीकृत गरेको निर्णय।
३ समिति दर्ता गर्न गरेको समितिको निर्णय।
४ दर्ताका लागि आवश्यक कार्य गर्न अधिकार प्रत्यायोजन गरेको समितिको निर्णय।
५ समितिमा कम्तीमा ३३% महिला भएको समिति गठनको निर्णय।
६ समितिका पदाधिकारी (सदस्य समेत) को नागरिकताको फोटो कपी ।
७ समितिका पदाधिकारी (सदस्य समेतको) व्यक्तिगत विवरण (Indvidual specification) ।
८ कार्यालय रहने स्थानको स्थानीय निकायको सिफारीस ।
९ दर्ताका लागि सिफारिस गरी पाउँ भन्ने समितिको निवेदन ।
१० शीर र पुच्छारमा पदाधिकारीले हस्ताक्षर गरेको समितिको विधान १ प्रति ।
११ जि.वि.स.को कार्यालयमा रू.२००/- बुझाएको नगदी रसिदको फाटोकपी ।
गैरसरकारी संस्था नवीकरणका लागि
१ समितिले नवीकरण गर्न गरेको निर्णय।
२ नवीकरणका लागि अधिकार प्रत्यायोजन गरेको समितिको निर्णय।
३ लेखापरीक्षण प्रतिवेदन ।
४ आन्तरिक राजश्व कार्यालयको कर सफाइ पत्रको फोटोकपी ।
५ अघिल्ला आ.व.मा नवीकरण गरेको प्रमाण पत्रको फोटोकपी ।
६ संस्थाको वाषिर्क साधारण सभाको आयव्यय सहितको निर्णय।
७ नवीकरणका लागि सिफारीस पाउँ भन्ने समितिको निवेदन ।
८ जि.वि.स.को कार्यालयमा रू.२००/- बुझाएको नगदी रसिदको फोटोकपी ।